परपुरुषसँग बोलेको भन्दै श्रीमानले काटे श्रीमतीको कान


बझाङ – बझाङमा परपुरुषसँग बोलेको भन्दै आफ्नै श्रीमतीको कान काट्ने श्रीमान पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको जयपृथ्वी नगरपालिका-१ भण्डारगाउँका २५ वर्षीय मनोज नेपाली रहेका छन् ।

उनले गत असार २० गते आफ्नै श्रीमती २१ वर्षीया जानकी नेपालीको कान काटेको प्रहरीले जनाएको छ । परपुरुषसँग बोलेको भन्दै उनले श्रीमतीको कान चक्कुले काटेका थिए । जानकीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । घटनापछि उनी लगत्तै फरार भएका थिए ।

जानकीले बिहे भएको केही महिनादेखि नै श्रीमानले कुटपिट गर्दै आएको बताएकी छिन् । जानकीका तीन सन्तान छन् ।

प्रतिक्रिया