भारतीय प्रधानमन्त्री मोदीद्वारा देउवालाई बधाई


काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाए लगत्तै बधाई दिएका छन् ।

गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीले विश्वासको मत पाएपछि मात्रै बधाई दिएका हुन् ।

यसअघि नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले भने देउवाको निजी निवासमै पुगेर बधाई तथा शुभकामना दिएका थिए ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्रीको देउवाको सफल कार्यकालको कामना गरेका छन् । मोदीले नेपाल र भारतको सम्बन्धमा अझै प्रगाढसम्बन्ध कायम हुने अपेक्षासमेत गरेका छन् ।

 

प्रतिक्रिया