प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता, नयाँ सरकारबारे छलफल


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो साढे १ बजे प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक परिस्थितिका बारे छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ । सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भइरहेको छ ।

आईतबार प्रतिनिधिसभा बैठक बस्न लागेकाले नयाँ सरकारबारे पनि छलफल भइरहेको छ । नेपालसँग केही दिनअघि प्रधानमन्त्री शेरबहाद्र देउवाले पनि उनकै निवास पुगेर छलफल गरेका थिए । छलफलमा नेपालले संसद बचाउन भए पनि सरकारलाई विश्वासको मत दिने बताएका थिए ।

प्रतिक्रिया