लामो दूरीको यातायात खुलाउन मन्त्रिपरिषदमा सीसीएमसीको सिफारिस


काठमाडौं – कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति ९सीसीएमसी०ले सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

संक्रमणको परिस्थिती हेरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई खुलाउन शुक्रबार सुझावसहित सिफारिस गरिएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले नेपाल जानाकारी दिए । अब बस्ने मन्त्रिपरिषद बैठकमा लामो दूरीको सार्वजनिक यातायात खुलाउनेबारे निर्णय हुन सक्ने उनले बताए ।

संक्रमण बढ्ने परिस्थिती आए पुनः यातायात बन्द गर्न सकिने भएपनि तत्कालका लागि खुलाउन भनिएको उनले जनाए । लामो दूरीको यातायात खुलाउँदा अन्तर–जिल्ला सहजीकरण गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्ले नै अनुमति दिनुपर्ने उनको भनाई छ ।

 

प्रतिक्रिया