

कोरोनाबाट होटल संघका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु

काठमाडौं – होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना संक्रमण देखिएपछि राजधानीको ॐ अस्पतामा भर्ना भएका शाक्यको शुक्रबार बिहान मृत्यु भएको जनाइएको छ ।
दशैंलगत्तै गरिएको परिक्षणमा कोरोना पुष्टी भएका शाक्यलाई निमोनिया समेत देखिएको थियो ।
डाक्टर छोराकै निगरानीमा उपचार गराइरहेका ७० वर्षीय शाक्य केहीदिनदेखि अस्पताल भर्ना भएर उपचार गराइरहेका थिए ।

