

अमेरिकामा एकैदिन २ हजार बढीको मृत्यु, संक्रमित संख्या १ करोड २० लाख नाघ्यो

काठमाडौं – अमेरिकामा कोरोनाबाट एकै दिन मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा मात्र २ हजार १३ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार २ सय ८२ पुगेको छ ।
त्यस्तै अमेरिकामा पछिल्लो २४ घन्टामा १ लाख ८७ हजार ३ सय ५० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म अमेरिकामा संक्रमित संख्या १ करोड २० लाख ६४ हजार २५ जना पुगेका छन् ।
पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दो क्रममा रहेको अमेरिकामा कोरोनाबाट मुक्त हुनेको संख्या ७२ लाख ३५ हजार ५ सय ८९ पुगेको छ ।
पछिल्लो २४ घन्टामा विश्वभर ६ लाख ४२ हजार ४६४ जना संक्रमित थपिएका छन् । यससँगै हालसम्म विश्वभर संक्रमितको संख्या ५ करोड ७२ लाख १६ हजार ३४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा १० हजार ७ सय ३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ लाख ६४ हजार ८ सय १४ पुगेको छ ।

