

पहिलो चरणमा काँग्रेसबाट यी नेताहरु बन्दैछन् मन्त्री?

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाचौंपटक प्रधानमन्त्री नियुक्त हुँदैछन्। प्रधानमन्त्री नियुक्त हुने भएपछि सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा नेपाली कांग्रेसभित्र आन्तरिक छलफल सुरु भएको छ।
देउवाले आज प्रधानमन्त्रीको शपथ लिएलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ। देउवाले कांग्रेसका दुई, माओवादी केन्द्रबाट २ जना मन्त्री बनाउने तयारी गरेका छन् । अन्य दल छलफलकै क्रममा रहेको पनि जनाइएको छ ।
कांग्रेसबाट पहिलो चरणमा मन्त्रिपरिषदमा समावेश हुनेमा बालकृष्ण खाँड र डा. मिनेन्द्र रिजालको नाम चर्चामा छ। खाँड अहिले कांग्रेसको मुख्य सचेतक छन्। देउवा निवास बुढानिलकण्ठमा अहिले नेताहरुबीच छलफल भइरहेको छ।
त्यस्तै मन्त्रीको लागि कांग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडु, सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भूषाल लगायतको नाम पनि चर्चामा छ। मन्त्रीको टुंगोबारे ठोसरुपमा छलफल भइसकेको छैन।

