केपी ओलीको निरंकुश शासनको अन्त्य भयो : महेन्द्रराय यादव


काठमाडौं – जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य महेन्द्रराय यादवले सर्वोच्च अदालतले आज गरेको आदेशबाट देशमा पुनः एकपटक लोकतन्त्रको जित भएको बताएका छन् ।

अदालतको आदेशबाट जनतालाई न्यायालयमाथि विश्वास बढेको बताउँदै उनले संघीयता, लोकतन्त्र, समानुपातिक समावेशीलाई रक्षाका लागि अदालतको आदेश स्वागतयोग्य रहेको बताए ।

सर्वोच्च अदालतको आदेशसँगै केपी शर्मा ओलीको निरंकुश शासनको अन्त्य भएको बताए ।

गठबन्धनले सहमतिअनुसार सरकार सञ्चालन गरेर देशलाई निकास दिने बताउँदै उनले ओली सरकारले गर्न नसकेको काम आगामी गठबन्धन सरकारले गर्ने बताए । गठबन्धन सरकारले पुनः बजेट ल्याउनुपर्ने बताउँदै उनले अब देशमा देखिएको अन्यौलता अन्त्य गर्नुपर्ने बताए ।

ओली नेतृत्वको सरकारमा सहभागी भएका सांसदलाई कारवाही गरिएको बताउँदै उनले त्यसबाहेकका सांसदहरुलाई एकीकृत हुन पनि उनले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया