एमाले कार्यदलको बैठक साँझ ७ बजे पुनः बस्ने गरी सकियो


काठमाडौं – नेपाल एमालेको कार्यदलको बैठक आज साँझ पुनः बस्ने भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक केहीबेर बसेर सकिएको हो ।

बैठकपछि कार्यदलका सदस्य सुवास नेम्वाङले आन्तरिक तयारी गर्नको बैठक साँझ ७ बजेसम्म बस्ने गरी सारिएको बताए ।

‘विभिन्न आन्तरिक तयारी गर्नुपर्ने भएकोले बैठक केहीबेर बसेर निस्केका हौं। आज साँझ फेरि ७ बजे बैठक बस्नेछ’, उनले भने,‘सम्भवत आजै निष्कर्षमा पुग्नेगरी तयारी गर्नेछौं।’

कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएपछि बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो। तर उक्त छलफलमा कुनै निष्कर्ष निस्किएको थिएन।

प्रतिक्रिया