

एमाले केन्द्रीय कमिटी बैठक जारी, पार्टी एकताको टुंगो लगाउने प्रयास

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ ।
बैठकको दोस्रो दिन शनिबार बैठकमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गरेका छन् ।
आजको बैठक विशेषगरी संगठनात्मक विषयमै केन्द्रित रहने कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
संगठनात्मक प्रस्तावमा पार्टीको विधान, महाधिवेशनदेखि, राष्ट्रिय प्रतिनिधि परिषद् गठन र सदस्यता नवीकरण लगायतका विषय समेटिएका छन् ।
माधव नेपाल पक्षसँगको वार्ता पनि जारी रहेकाले सकेसम्म यही बैठकबाट पार्टी एकताको टुंगो लगाउने प्रयास भइरहेको उनले बताए ।

