एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ३ बजे बोलाइएको छ । पार्टीका साङ्गठनिक काम कारबाहीबारे छलफल गर्न बैठक बोलाइएको स्रोतको भनाइ छ ।

यस्तै स्रोतका अनुसार बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने विषयमा पनि निर्णय हुने बताइएको छ । छलफलमा माधव नेपाल समूहलाई पनि बोलाइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन नेपाल समूहलाई ७२ घण्टाको समय दिएको छ । यदि हस्ताक्षर फिर्ता नलिए एकता सम्भव नहुने अध्यक्ष ओलीको भनाइ छ । एमाले केन्द्रिय कमिटीको हिजो शुक्रबार बसेको बैठकमा अध्यष ओलीले दुई दिन भित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो ।

प्रतिक्रिया