माधव पक्षलाई सोमबारसम्म हस्ताक्षर फिर्ता लिन एमाले केन्द्रीय कमिटीको निर्देशन


काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि राष्ट्रपतिकहाँ बुझाएको हस्ताक्षर सोमबारसम्म फिर्ता लिन निर्देशन दिएको छ।

पार्टीबाट निर्वाचिन सांसदलाई समयसीमासहितको निर्देशन दिइएको हो। हस्ताक्षर फिर्ता नभए केन्द्रीय कमिटीको बैठकबाट कारबाही गरिने चेतावनी दिइएको छ।

बैठकले बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च पार्टीले ब्यहोर्ने निर्णय गरेकोमा अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ।

एमाले केन्द्रीय कमिटीको बैठक शनिबार ३ बजे बस्ने निर्णय भएको प्रवक्ता प्रदिप ज्ञवालीले बताएका छन्।

प्रतिक्रिया