लोकतन्त्र र संविधानका लागि ‘ओली प्रवृत्ति’को पुनरावृत्ति हुन हुँदैनः नेता नेपाल


काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्र र संविधान खतरा उन्मुख रहेकोले बताउँदै ओली प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिहरुसँग बुधबार गरेको कार्यक्रममा एमाले नेता नेपाललाई एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने प्रश्न आएपछि लोकतन्त्र, संविधान खतरा उन्मुख रहेको भन्दै उनले ओली प्रवृत्तिको पुनरावृत्ति हुन नहुने बताए । यद्यपि आफूले बोल्यो कि पोल्यो हुने अवस्था रहेको एमाले नेता नेपालले सुनाए ।

नेपालले आफूले अब के गर्ने भन्ने प्रश्नको जवाफमा विधि, पद्धती र मूल्यको राजनीति नछाड्ने बताए ।

प्रतिक्रिया