कुलो बनाउँदै गर्दा पहिरोले पुरेर एकको मृत्यु


पाँचथर – कुलो बनाउने क्रममा माथिबाट आएको पहिरोले पुरिएर एक शिक्षकको ज्यान गएको छ ।

याङवरक गाँउपालिका–२ फलैचामा रहेको इन्द्रावती प्राविमा पढाउने ५८ वर्षीय शिक्षक टेकनाथ धौरालीको सोमवार बिहान ज्यान गएको वडाध्यक्ष देउकुमार योङहाङले जानकारी दिए ।

चार जनाले कुलो सोरिरहेका बेला माथिबाट आएको पहिरोले टेकनाथको ज्यान लिएको हो । उनको घटनास्थलमै ज्यान गएको हो ।

प्रतिक्रिया