

स्मार्ट लकडाउन : निजी सवारीमा जोर-बिजोर लागू, पसलहरू बारअनुसार खुल्ने

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप गरिए सँगै निजी सवारी साधन सञ्चालनको अनुमति दिएको छ ।
आज तीन जिल्लाका सीडीओहरुको बैठकले निजी सवारी जोर-बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको हो ।
निजी गाडीमा यात्रा गर्दा बढीमा ४ जनालाई अनुमति दिइने भएके छ । यस्तै, मोटरसाइकलमा दुइ जनाले यात्रा गर्न सक्नेछन् ।
यसैगरि पसलहरु बार अनुसार खुल्न सक्ने निर्णय गरिएको निरौलाले बताए ।

