सल्यानमा बाढी बस्तीमा पस्दा २० घर विस्थापित, दुई दर्जन बढी सडक अवरुद्ध


काठमाडौं – अविरल वर्षाका पछि आएको बाढिले सल्यानमा पनि बस्ती डुवानमा परेको छ ।

बिहीबार साँझ बाढी बस्तीमा पसेपछि सांघारका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ र शारदा नगरपालिका १३ को सिमानामा रहेको संघार खोलामा आएको बाढी बस्तीमा पस्दा २० घर विस्थापित भएका छन् ।

प्रहरी र स्थानीयको सहकार्यमा घरभित्रका खाद्यान्नलगायत सामान सुरक्षित गरिएको छ । पाँच दिनदेखिको अविरल वर्षाका कारण जिल्लाका दुई दर्जन बढी सडकसमेत अवरुद्ध भएका छन् ।

प्रतिक्रिया