

कृष्ण थापाको सांसद पद सर्वोच्चद्वारा खारेज

काठमाडौं – गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाले आफ्नो सांसद पद गुमाएका छन् ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द भएसँगै थापाको सांसद पद गुमेको हो ।
थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रदेशसभा सभामुख नेत्रराज अधिकारी, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग-अलग पुनरावलोकन (भ्याकेट) को निवेद दर्ता गरिएको थियो ।

