एसईईको मूल्याङ्कन असार २० गतेभित्र बुझाउन निर्देशनः बोर्ड


काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले एसईईको मूल्याङ्कन असार २० गतेभित्र पठाउन विद्यालयहरुलाई भनेको छ ।

परीक्षा बोर्डको बैठकले मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाइसक्नु पर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेलले बताए ।

बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ बनाएर यस्तो निर्णय गरेको पौडेलले बताए । विद्यालयले पठाएको मूल्याङ्कन समन्वय इकाइले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नु पर्ने पौडेलले बताए ।

कोरोना महामारीका कारण यस वर्षपनि एसईई परीक्षा भौतिक रुपमा हुन सकेको थिएन । एसईईको नयाँ कार्यविधि सोमबार सार्वजनिक गरिने पौडेलले बताए । विद्यार्थीको क्षमता मूल्याङकनो मुख्य जिम्मा विषय शिक्षकलाई दिइएको छ ।

प्रतिक्रिया