नवनियुक्त मुख्यमन्त्री पोखरेललाई आधिकारिक पत्र, साँझ ७ः३० सपथ हुँदै


पोखरा – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई सपथ गराउने तयारी गरिएको छ ।

गण्डकी प्रदेशका ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेललाई अहिले साँझ ७ः३० मा सपथ गराउने तयारी गरिएको छ ।

पोखरेलको सपथसँगै आजै मन्त्रीपरिषद् विस्तार हुने पनि स्रोतले जनाएको छ ।

जनता समाजवादी पार्टी (जसपा)बाट संसदीय दलका नेता हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) मन्त्री बन्नेछन् । त्यस्तै नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशमा मधु अधिकारी गुरुङलाई मन्त्री बनाउने भएको छ ।

May be an image of text

प्रतिक्रिया