

‘धोका दियौ’ को फिमेल भर्सन सार्वजनिक (भिडियोसहित)

काठमाडौं – गायक प्रमोद खरेलको स्वर रहेको चर्चित गीत ‘धोका दियौ’ फिमेल भर्सनमा भिडियो सहित सार्वजनिक भएको छ । फिमेल भर्सनमा गायिका एलिना चौहानले स्वर दिएकी छन् ।
सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । गीतको म्युजिक भिडियोमा चिरञ्जिवी सापकोटा र कृतिशा केसीको अभिनय छ।
भिडियोमा रोशनी कार्की र जीवेश गुरुङको समेत अभिनय देख्न सकिन्छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन छ ।

