प्रधानमन्त्रीको हत्याको धम्की दिने सांसदको बचाउ गर्दै एमाले नेता, को हुन् नरोत्तम वैद्य?


काठमाडौं – नेकपा एमाले माधव नेपाल पक्षका एक नेताले नरोत्तम वैद्यको भनाई बचाउ गर्दै साथ दिएका छन्। वैद्यको अभिव्यक्ति अहिले सबैतिर आलोचना भइरहेको बेला एमालेका नेताले सत्य उजागर गरेकोमा धन्यवाद दिएका छन्।

दाङ जिल्ला क्षेत्र नम्बर १ का विघटित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले सामाजिक सञ्जालमार्फत वैद्यको अभिव्यक्ति अप्रिय लागेपनि सत्य नै भएको बताएका हुन्। यद्यपी उनको यो भनाइबारे सबैले नकारात्मक टिप्पणी गरेका छन्।

‘वैद्यले नेपाली मनोविज्ञानलाई बागमति प्रदेशको रोष्टमबाट बोलिएको बिषयमा धेरैले आलोचना गरिरहे पनि तितो सत्य उजागर गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु,’ चौधरीले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

नेपाली कांग्रेसको तर्फबाट मागमति प्रदेशसभा सदस्य बनेका वैद्यले शुक्रबार प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका थिए।

भारतमा १९४८ को जनवरी ३० मा नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए। सोही प्रसंग ल्याउँदै वैद्यले पनि प्रधानमन्त्रीको हत्या गर्न त्यस्तै गोड्से अघि सर्नुपर्ने विवादित अभिव्यक्ति दिएका हुन््।

वैद्यको यस्तो अभिव्यक्ति अहिले सबैतिर आलोचना भइरहेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले संसदमा संयमता गुमाएको टिप्पणी गर्दै आत्मालोचना गर्न निर्देशन दिएका छन्।

उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा वैद्यले माफी माग्नुपर्ने आवाज उठेको छ। प्रधानमन्त्री केपी ओलीको हत्या गर्न कोही नाथुराम गोड्से अघि सर्नुपर्ने भन्दै आफ्नै पार्टीका सांसदको विवादित अभिव्यक्ति दिएपछि कांग्रेसले समेत आपत्ति जनाएको छ।

आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति नमिल्ने भन्दै शब्द फिर्ता लिएर आत्माआलोचना गर्नुपर्ने काँग्रेसले भनिरहेको बेला चौधरीले (वैद्य) उहाँले माफी माग्नु नपर्ने बताए।

चौधरीले लेखेका छन्, ‘यसैले वहाँले न माफी माग्नुपर्दछ न त पश्चाताप! बरू हामी शासक भनिनेहरू नै प्रणालि ध्वस्त गर्ने बिषयमा ख्याल गरौ, संविधान मिचेकोमा पश्चाताप गरौं।’

अदालतले बेठिक ठहर गरेको बिषयमा सार्वजनिक रूपमा जनताहरूसँग माफी मागौं र आगामी दिनमा गल्ती नगर्ने बिषयमा प्रतिबद्धता जाहेर गर्न समेत चौधरीले आग्रह गरेका छन्।

‘अतः अब जनताहरूका मनोबिज्ञान बुझौ, सो अनुसारको व्यवहार र आचरण देखाऔं। जनताहरूका मन जितौ, गुमेको साख उठाऔं। कसैसँग बदलाको भाव नराखौ। यसैमा हामी सबैको कल्याण हुन्छ,’ चौधरीले भने।

सांसद वैद्य गत निर्वाचनमा काठमाडौंबाट निर्वाचित सांसद हुन्। काठमाडौं ४ ‘क’ बाट उनले एमालेका निर्मल कुइँकेललाई पराजित गरेका थिए।

प्रतिक्रिया