मुख्यमन्त्री भट्टको सत्ता जोगाइदिने एमालेका १७ सांसदहरु को–को हुन्? (नामावलीसहित)


काठमाडौं – मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेपछि उनको सत्ता जोगिएको छ। नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरूको सहयोगले उनको सत्ता जोगिएको हो।

विश्वासको मत लिँदा मुख्यमन्त्री भट्टलाई नेपाल पक्षका १७ सांसदले मत दिएका थिए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तटस्थ बस्दापनि भट्टले ३० मत पाए।

नेपाल पक्षले मत दिने भएपछि कांग्रेस तटस्थ बसेको बताइएको छ। ५२ सदस्यीय प्रदेश सभामा २७ मत पाउँदा पनि उनको सत्ता जोगिने स्थिति थियो।

एमालेका २५, माओवादीका १३, कांग्रेसका १२ ,जसपाका २ सांसद छन्। मंगलबारको मतदानमा ५१ सांसद उपस्थित थिए। एमाले २७ सांसदमध्ये नेपाल पक्षका १८ जना छन्। तीमध्ये १७ जनाले भट्टलाई विश्वासको मत दिएका हुन्।

नपाल पक्षका क–कसले दिए मत?

१) अमरबहादुर साउद
२) अर्चना गहतराज
३) कुलवीर चौधरी
४) कृष्णराज सुवेदी
५) चुनकुमारी चौधरी
६) तारा लामा तामाङ
७) दीर्घ सोडारी
८) दुर्गाकुमारी कामी
९) पूर्णा जोशी
१०) प्रकाशबहादुर शाह
११) प्रकाश रावल
१२) बलबहादुर सोडारी
१३) मनाकुमारी साउद
१४) माया भट्ट
१५) लालबहादुर खड्का
१६) सुशीला बुढाथोकी
१७) हर्कबहादुर कुँवर

प्रतिक्रिया