मेलम्ची नदी क्षेत्रमा सावधानी अपनाउन समितिकाे आग्रह


मेलम्ची – मेलम्ची खानेपानीको सुरुङको परीक्षण सफाइ यही असार एक गतेदेखि गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले सूचना जारी गर्दै सो कुराको जानकारी गराएको हो ।

सुरुङ खाली गर्ने क्रममा बागमती नदी, मेलम्ची नदी, सिन्धु खोला, र ग्याल्थुम खोलामा नियन्त्रित रुपमा पानी छाडिने भएकोले खोला वरपर रहेको सबैले सावधानी अपनाउन समितिले अपिल गरेको छ ।

पानी छोड्दा पानीको बहाव बढ्ने हुँदा सो क्षेत्रमा जाँदा विशेष सावधानी अपनाउन सर्वसाधारण सबैलाई अनुरोध गरिएको सूचनामा उल्लेख छ । करिब दुई हप्तामा सुरुङ खाली हुने र त्यसपछि सुरुङ निरीक्षण र सुधारको काम गरिने भएको छ ।

मेलम्ची नदीमा पुरानै अवस्थामा पानी बहने भएकोले नदीको पानीमा आधारित पेशा व्यावसाय सञ्चालन गर्ने सबेलाई आवश्यक सावधानी अपनाउन समितिले अनुरोध गरेको छ ।

प्रतिक्रिया