चुरे क्षेत्र उत्खनन नीतिविरुद्ध जाग्यो नेविसंघ, सिराहाबाट सुरू भयो प्रदर्शन


सिराहा – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बजेटमार्फत् चुरे दोहनलाई मार्गप्रशस्त गर्न लिएको नीतिको विरुद्धमा प्रदर्शन गरेको छ ।

नेविसंघका पूर्वउपाध्यक्ष सञ्जय यादवको संयोजकत्वमा सिराहामा सरकारले जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको १९९ नम्बर बुँदामा चुरे क्षेत्रबाट ढुङ्गा, गिटी, बालुवा उत्खनन् गर्नका लागि मार्गप्रशस्तीको विरोध गरेको हो ।

प्रदर्शनपछि पूर्वउपाध्यक्ष यादवले व्यापार घाटाको नामबाट चोरबाटोबाट चुरे क्षेत्रलाई दोहन गरेर मधेसलाई मरुभूमिमा परिणत गर्न लागेको बताए । उनले सरकारको यस निर्णयले तराईबासी पिउने पानीबाट समेत बञ्चित हुने अवस्था आउने बताए ।

उनले भने, ‘असंबैधानिक सरकारले व्यापार घाटाको नाममा चोर बाटो बाट तराई÷मधेसको रक्षकका रुपमा रहेको चुरे क्षेत्रलाई दोहन गरेर ढुङ्गा, गिट्टी र बालुवा निर्यात–निकासी गरेर तराई÷मधेसलाई मरुभूमिमा परिणत गर्ने गरि बजेट वक्तव्यको बुँदा नं १९९ मा गरिएको जालसाजी र राष्ट्रघाती कदमका हो ।’

उक्त अवसरमा जिल्लाका नेविसंघका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । उनीहरुले सरकारको यस कदमबाट तराईमा बसोबास गर्ने सबैले पानी पिउन समेत नपाउने उल्लेख गर्दै यस नीतिविरुद्ध आउँदा दिनहरुमा सम्पूर्ण तराईमा प्रदर्शन गर्ने जनाएका छन् ।

प्रदर्शनका क्रममा ‘बन्दैन देश गिटी, बालुवा बेचेर, पिउँछौं पानी कम्युनिस्ट सरकार फेरेर,’ ‘ओली सरकारको छलाङ, राष्ट्रियतामा भ्वाङ’, ‘चुरे मास्न पाइँदैन, राष्ट्रघाती बजेट चाहिँदैन,’ जस्ता नारा लगाएका थिए ।

No description available.No description available.

प्रतिक्रिया