सर्वोच्चको फैसला पर्खिरहेका विपक्षी गठबन्धन किन भेला भए देउवा निवासमा?


काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलाशमा बहस चलिरहेका बेला विपक्षी गठबन्धनका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार भेला भएका छन्।

आजै सर्वोच्चबाट फैसला आउने अपेक्षा गरेका ति दलले आगामी रणनीति कस्तो बनाउने भन्ने धारणासहित सरकारले ल्याएको बजेटका विषयमा समिक्षा गर्न बैठक गरेका हुन्।

देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेबाट निष्काशित नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलगायत भेला भएका छन्।

‘सर्वोच्चले हाम्रो पक्षमा फैसला दिनेछ भन्ने हामीले बुझेका छौं त्यसो भएन भने संयुक्त आन्दोलनको विकल्पका विषयमा पनि कुराकानी हुनेछ’, छलफलमा सहभागी दोस्रो तहका एक माओवादी नेता भन्छन्,‘ओली सरकार जति सक्दो चाँडो बहिर्गमन नगरी नहुने अवस्थाका विषयमा हामी छलफल चलाइरहेका छौं।’

प्रतिक्रिया