देशभरका अवैध क्रसर उद्योग बन्द गराउन सिडिओलाई गृह मन्त्रालयको कडा निर्देशन (निर्णयपत्रसहित)


काठमाडौं– नदीजन्य पदार्थको दोहन गर्ने अवैध क्रसर उद्योग बन्द गराउनका लागि गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई निर्देशन दिएको छ।

गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिवसहितको बैठकले क्रसर उद्योगको अनुगमन गरी अद्यावधिक विवरण गृह मन्त्रालयमा पेस गर्न निर्देशन दिएको छ।

दर्ता नभएका, दर्ताको प्रक्रियामा मात्रै रहेकालाई पनि तत्काल बन्द गराउन निर्देशन दिइएको हो।

नदीजन्य पदार्थमा आधारित उद्योग तथा स्थानीय तहबाट ठेक्का लगाइएका नदीजनय पदार्थको उत्खनन्, संकलन तथा बिक्रीवितरणको प्रभावकारी रूपमा अनुगमन गरी निर्धारित मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएमा तत्काल कारबाही गर्न भनिएको छ।

प्रतिक्रिया