

सन्नी लियोनको छिमेकी बन्दै अमिताभ, कहाँ-कहाँ छन् त अमिताभका बंगला ?

मुम्बई – बलिउड महानायक अमिताभ बच्चनले नयाँ अपार्टमेन्ट किनेका छन् । लामो समयसम्म आफ्नो भव्य र आलिसान महल जलसामा बसिरहेका अमिताभले मुम्बईमा भव्य अपार्टमेन्ट खरिद गरेका छन् ।
अमिताभले यही अप्रिलमा आफ्नो नाममा पास गरेको उक्त अपार्टमेन्ट ३१ करोड रुपैयाँ किनेको जनाइएको छ । ५१८४ स्क्वायर फिटमा फैलिएको उक्त अपार्टमेन्टको २६ औं्र र २७ औं तला रहेको जनाइएको छ । बच्चनले सरकारले प्रोपर्टी खरिदमा दिएको ३ प्रतिशत कर छुटको फाइदा उठाउँदै उक्त अपार्टमेन्ट किनेको जनाइएको छ ।
सो अपार्टमेन्टमा यसअघि भारतीय नायिका सन्नी लियोनले १६ करोडमा घर किनेकी थिइन् । यससँगै अमिताभ र सन्नी लियोन छिमेकी बन्ने पनि सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सञ्चारमाध्यमका अनुसार अमिताभको यसअघि नै विभिन्न ५ बंगला रहेको पनि छ । ती मध्ये सबैभन्दा भव्य बंगला १० हजार बर्गफीटमा फैलिएको जलसामा हाल बच्चन परिवार बस्दै आइरहेका छन् ।
त्यसबाहेक बच्चनसँग जलसामा सर्नुभन्दा अगाडि प्रतिक्षा नामको बंगला रहेको थियो । तेस्रो बंगला जनक रहेको जनाइएको छ, जहाँ बच्चनको कार्यालय रहेको छ भने चौथो बंगला बत्य हो, सो बंगला अमिताभले बैंकलाई भाडामा लिएका छन् । यसका साथै अमिताभले जसलाकै ठीक पछाडि ६० करोडको अर्को बंगला २०१३ मै खरिद गरेको जनाइएको छ ।
पुस्तौनी घर प्रयासराजमा रहेको अमिताभको यसबाहेक गुरुग्राम र फ्रान्समा पनि आप्mनै अपार्टमेन्ट रहेको जनाइएको छ ।

