उपचारमा संलग्न चिकित्सक र नर्सप्रति दुर्व्यवहार गर्नु खेदजनकः राष्ट्रपति भण्डारी
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले उपचारमा संलग्न चिकित्सक र नर्सप्रति दुर्व्यवहार गर्नु खेदजनक भएको बताएकी छिन् ।
बिहीबार साँझ नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा चिकित्सक र नर्सहरुमाथिको भौतिक आक्रमणपछि प्रतिक्रिया दिँदै राष्ट्रपतिले, ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ,’ भनेकी छिन् ।
राष्ट्रपतिले अगाडि भनेकि छिन्, ‘दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’