स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने समुहलाई कडा कारवाही गर्न स्वास्थ्य मन्त्रालयको माग (विज्ञप्तिसहित)


काठमाडौं – नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्ने समूहलाई कडाभन्दा कडा कारवाहीको गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरेको छ ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै पेशागत धर्म निर्वाह गरिरहेका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसरी कहीँकतै कसैले कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि गर्ने उच्छृङ्खल,गैरकानुनी अमानवीय गतिविधिहरुमा शुन्य सहनशीलता राखी कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यसंहिता ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन २०६६ आदि अनुसार कडाभन्दा कडा कारवाहीको प्रवन्ध गरिदिनु हुन सम्वन्धित सवैमा अनुरोध छ ।’

विज्ञप्ति:

प्रतिक्रिया