

कोरोनाबाट सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मल्लको निधन

काठमाडौं – सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ।
कोरोना र निमोनियालगायतबाट पीडित मल्लाको निदान अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको जनाइएको छ ।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ सालमा उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए।
मल्ल पूर्वराष्ट्रिय पञ्चायतका सदस्य पनि थिए। कैलालीका मल्ल राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका थिए।

