उपत्यकाका तीन जिल्लाका सीडीओहरु बैठक बस्दै, निषेधाज्ञा लम्ब्याइने


काठमाडौँ – आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ । काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउनेबारे निर्णय गर्न तीन जिल्लाका प्रजिअको बैठक बस्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार सूचना जारी गर्दै कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँचखालसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने जानकारी दिएको छ ।

यस्तै अब थपिने निषेधाज्ञामा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा गरिएको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेलगायत बारेमा बैठकमा छलफल हुने जनाइएको छ ।

नयाँ अध्यादेशले निषेधाज्ञा पालना नगर्नेलाई नगद जरिवाना र कैदसम्मको व्यवस्था गरेको छ । नयाँ अध्यादेशको उल्लंघन गर्नेविरुद्ध ६ महीनासम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।

नयाँ अध्यादेश अनुसार मास्क नलगाई सार्वजनिक स्थलमा हिंड्दा हरेकपटक १०० रुपैयाँ जरिवाना, मानिसको आवतजावतमा समेत रोक लगाइएको अवस्थामा हिंडडुल गर्दा मात्रै प्रत्येक पटक २०० रुपैयाँ, अनुमति विना सवारी चलाएमा दुई पांग्रेको हकमा एकपटकमा २०० रुपैयाँ र चार पांग्रेको हकमा ५०० रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था उल्लेख रहेको पराजुलीले जानकारी दिए । यसअघि पास नलिई सञ्चालन गरेका सवारीलाई होल्डिङ सेन्टरमा राखेर कारबाही गर्ने गरिएको थियो ।

प्रतिक्रिया