‘प्रेमी–प्रेमिकाको पत्र होइन राष्ट्रपति कार्यालयको विज्ञप्ति’


काठमाडौं – नेपाली कांग्रेसका नेता धनराज गुरुङले राष्ट्रपति कार्यालयको वेभसाइटमा प्रकाशित विज्ञप्तिहरु हटाइएको बारेमा खबरदारी गरेका छन् ।

नेता गुरुङले राष्ट्रपति कार्यालयको आधिकारिक वेभसाइटबाट आधिकारिक रुपमा जारी गरिएका विज्ञप्ति कुनै प्रेमी र प्रेमिकाको पत्र नभएको बताउँदै त्यस कार्यको प्रतिकार गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै गुरुङले भनेका छन्, खबरदार ! राप कार्यालयको विज्ञप्ति कुनै प्रेमि–प्रेमिकाको पत्र हैन, जसलाई त्यति सजिलै लुकाउन सकिँदैन । तिम्रो नग्न प्रदर्शनीमा दुनियाँले आँखा छोपेर मात्रै बस्दैनन्, प्रतिकार असम्भावी छ ।’

 

प्रतिक्रिया