‘सन्की’ प्रधानमन्त्री र ‘मतियार’ राष्ट्रपतिको ‘देशघाती जोडी’ यत्तिमै रोकिँदैनन्, प्रतिरोध गरौंः गगन थापा


काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संसद र संविधानको ‘हुर्मत’ लिएको बताएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गतेको लागि निर्वाचन घोषणा गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै थापाले अगाडि लेखेका छन्, ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् ।’

थापाले यस कदमको प्रतिरोध गर्नका लागि नेताहरुलाई नै आह्वान गरेका छन् । थापा अगाडि लेख्छन्, नेतागण१नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’

प्रतिक्रिया