

ओली–विद्याको कुकर्म गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो, प्रतिवाद गरौंः डा. भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा देखिएको पछिल्लो घटना राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कुकर्म भएको बताउँदै गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको बताएका छन् ।
शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेपछि प्रतिक्रिया दिँदै डा.भट्टराइले भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको बताउँदै त्यसैको नतिजा पछिल्लो घटना भएको बताएका छन् ।
डा. भट्टराईले यो घटना राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कुकर्म भएको बताउँदै यो कुनै मध्यावधि चुनाव नभई लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको समेत बताउँदै प्रतिवाद गर्नका लागि आह्वान समेत गरेका छन् ।
भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस५बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो।एकजुट होऊॅ;प्रतिवाद गरौं! https://t.co/ZLcIdOAjE2
— Baburam Bhattarai (@brb1954) May 22, 2021

