नयाँ सरकार गठनको प्रक्रिया सुरु: राष्ट्रपति भण्डारीले दलहरुलाई दिइन् २१ घण्टा
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् ।
हेर्नुहोस् राष्ट्रपति कार्यालयको पत्र :