


जसपामा युद्धविरामः यस्तो छ महन्थ ठाकुर र उपेन्द्र यादवबीचको ८ बुँदे सहमति
८ र ९ जेठमा केन्द्रीय कार्यकारीणि बैठक तय

काठमाडौं– आन्तरिक विवादका कारण फुटको संघारमा पुगीसकेको जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्षबीच ८ बुँदे सहमति भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र तटस्थ बस्नेबीचको विवादका कारण जसपाभित्र भाँडभैलो हुने स्थितिलाई तत्काल रोक्नेगरी महन्थ ठाकुर र उपेन्द्र यादवबीच ८ बुँदे सहमति भएको हो।
जसपामा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको विषयले पनि विवादलाई बढावा दिएको थियो।
यसैबीच जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि तय भएको छ। ८ र ९ जेठमा पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बोलाइएको छ।

