प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ओली–नेपाल वार्ता, कार्यदल सदस्यमा को–को रहलान्?


काठमाडौं– प्रधानमन्त्री कार्यालय सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच वान टु वान वार्ता भएको छ।

आइतबार भएको वार्ताका क्रममा एमालेका विवाद समाधानका निम्ति दुवै नेताले कार्यदल गठनका लागि समझदारी गरेका कारण त्यसैबारे कुराकानी केन्द्रित रहेको बताइएको छ।

कार्यदलमा को–को सदस्य रहन्छन् भन्नेलगायत एमालेभित्रको विवाद समाधानका लागि कुन विन्दुदेखि छलफल गर्ने भन्ने विषयमा कुराकानी भएको बताइन्छ।

प्रतिक्रिया