
इजरायलमा १५ सय बढी रकेट प्रहार,९० प्रतिशत रकेट गरियाे आकाशमै ध्वस्त
जेरुसेलम – इजरायल र प्यालेस्टिनी लडाकुबीच हिंसा चर्किएपछि हमास र अन्य लडाकु समूहले इजरेली भूमितर्फ १५ सय वटाभन्दा बढी रकेट प्रहार गरेको इजरायली सेनाले बताएको छ। तर तीमध्ये अधिकांश रकेटलाई इजरायलको ‘आइरन डोम’ नामक प्रतिरक्षा प्रणालीले निस्तेज पारिदिएको छ ।
इजरायली अधिकारीहरूका अनुसार उक्त प्रणालीले ९० प्रतिशत सफलतासहित प्रहार गरिएका रकेटलाई आकाशमै ध्वस्त परेका छ । जसका कारण बस्ती भएका इजरायली सहरलाई जोगाउन सकेको उनीहरुको भनाइ छ ।

आइरन डोम प्रणालीले कसरी काम गर्छ ?
‘आइरन डोम’मा इजरेलभरि प्रयोग गरिएको विविध क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू संलग्न छन्। त्यसका लागि इजरायलले अर्बौँ डलर खर्च गरेको छ ।

इजरायलतिर प्रहार गरिएका रकेटहरूको अवस्थिति पत्ता लगाउन उक्त प्रणालीले रेडार प्रयोग गर्छ अनि तिनलाई निस्तेज पार्न दुईवटा अवरोधक क्षेप्यास्त्र प्रहार गर्छ।

यो प्रविधिले मानिसको बसोबास भएको क्षेत्रमा पुग्न सक्ने र लक्ष्यभेदन नगर्ने क्षेप्यास्त्र छुट्याउन सक्छ। सहरतिर लक्ष्य गरेर प्रहार भएका क्षेप्यास्त्रलाई निसाना बनाएर तल झारिन्छ।
टाइम्स अफ इजरेल पत्रिकाका अनुसार एउटा अवरोधक क्षेप्यास्त्रको मूल्य डेढ लाख अमेरिकी डलर पर्छ। एजेन्सी



कागजपत्र |
