

एमाले विवाद अन्त्यका लागि कार्यदल गठन, सदस्यहरुमा को–को?

काठमाडौं – नेकपा एमाले विवाद अन्त्यका लागि कार्यदल गठन भएको छ। ९ सदस्यीय कार्यदलमा संस्थापनबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ सदस्य रहेका छन्।
त्यस्तै माधवकुमार नेपाल र झलनाथ खनाल समूहबाट भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट रहेका छन्। दुई सदस्य पछि थप हुनेछ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच बिहीबार चार घण्टा भएको छलफलमा कार्यदल बनाउने सहमति भएको थियो।

