गण्डकीमा जनमोर्चाका नामबाट दुईथरी दावी, प्रदेश प्रमुखलाई सांसद थापाले पठाए तटस्थ रहेको पत्र


पोखरा – गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका नामबाट दुईथरी दावी प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

राजमोले संसदीय दलका नेता कृष्ण थापालाई हटाएको पत्र प्रदेश सभा सचिवालयमा बुझाएर सोही अनुसारको दलीय समर्थनको दावी लिएर प्रदेश प्रमुखको कार्यालयमा विपक्षी दल पुगेका छन् ।

तर जनमोर्चाले हटाएको भनिएका दलका नेता थापाले प्रदेश प्रमुखलाई अर्को पत्र पठाई गैर कानुनी काम कारवाहीलाई मान्यता नदिन आग्रह गरेका छन् । उनले सरकार निर्माणको विषयमा आफू कुनै गठबन्धनमा नलागि तटस्थ रहेको समेत जानकारी गराएका छन् ।

थापाले आफू पार्टी कामको सिलसिलामा बागलुङमा रहेको अवस्थामा गैर कानुनी रुपमा किर्ते जालसाजी गरी दलको नेताबाट हटाइएको कारवाहीलाई वैधानिकता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेका छन् ।

 

 

प्रतिक्रिया