राष्ट्रपति भण्डारीद्वारा बहुमतको सरकार गठन गर्न आह्वान


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन् ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति समक्ष संसद अधिवेशनको अन्त्यको सिफारिस गरेका थिए ।

प्रतिक्रिया