

बुधबार मध्यरातदेखि युएईद्वारा नेपालसँगको हवाइ उडानमा प्रतिबन्धको घोषणा

काठमाडौं – आउँदो बुधबार मध्यरातदेखि लागु हुने गरी संयुक्त अरब इमिरेट्सले नेपालसहितका चार दक्षिण एसियाली मुलुकलाई यात्रा प्रतिबन्धको घोषणा गरेको छ ।
नेसनल इमर्जेन्सी क्राइसिस कमिटीले सोमबार उक्त निर्णय गरेको खलिज टाइम्सले जनाएको छ । ट्रान्जिटका उडानहरुमा पनि रोक लगाइएको छ ।
युएईका नागरिक, कूटनीतिज्ञ, डेलिगेट्स र गोल्डेन भिसा होल्डर्सलाई भने रोक लगाइएको छैन ।
नेपालसहितका दक्षिण एसियाली मुलुकमा कोभिड-१९ को संक्रमण फैलिएको निष्कर्ष निकाल्दै युएईले सो निर्णय गरेको हो ।

