छतबाट खसेर ज्यान गुमाएकी महिलामा कोरोना पुष्टि


कैलाली – कैलालीको धनगढीमा छतबाट खसेर ज्यान गुमाएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी उपमहानगरपालिका-१ मा बस्ने ५० बर्षीया महिलाको शुक्रवार ३ बजे छतबाट खसेर मृत्यु भएको थियो ।

त्यसपछि कोरोना परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया