

सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख यादवले गरे पदभार ग्रहण

धनगढी – सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । यादवले शुक्रबार दिउँसो पदभार ग्रहण गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले यादवले शुक्रबार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण गरेको जानकारी दिए ।
पदभार ग्रहण गर्दै उनले नेपालको प्रचलित कानून र संविधान बमोजिम काम गर्ने प्रतिबद्ध रहेको बताएका छन् ।

