

पठानमा एकसाथ सलमान–शाहरुख

मुम्बई(एजेन्सी)– बलिउड उद्योगमा कैयौं यस्ता जोडी छन्, जसलाई जोकोही दर्शक पनि फिल्मी पर्दामा पुनः एकपटक हेर्न चाहन्छन् । यो जोडीमा अभिनेताद्वय सलमान खान र शाहरुख खान पनि प्रमुख पर्छन् । आज पनि फिल्मप्रेमीहरु यो जोडीलाई एकसाथ पर्दामा हेर्न चाहन्छन् । कैयौं वर्षदेखि यो जोडीले सँगै फिल्ममा काम त गरेको छैन । तर यस्ता कैयौं पटक भएका छन् कि यो जोडी एकअर्काको फिल्ममा केमियो चरित्रमा देखिएका छन् । तर अब चाँडै नै दर्शकले यो जोडीलाई पुनः एकसाथ प्रमुख भूमिकामा हेर्न पाउदैछन् ।
अहिले शाहरुख आफैं लामो समयदेखि फिल्मबाट टाढा छन् । उनले सन् २०१८ मा फिल्म ‘जीरो’ पछि कुनै फिल्ममा काम गरेका छैनन् । तर अब उनी दुई ठूला प्रोजेक्टको तयारीमा छन् । शाहरुख चाँडै नै फिल्म ‘पठान’मा देखिँदैछन् । यही फिल्मको लागि उनको तयारी अलिक बढ्दो छ । केही समय अघि शाहरुखको लामो कपालवाला लुक्स सामाजिक सन्जालमा भाइरल भएको थियो । समाचार अनुसार यो फिल्ममा सलमानको पनि अभिनय रहनेछ ।
फिल्ममा दुवैको केमियो हुनेछ । यद्यपि हालसम्म उनीहरुको चरित्रको बारेमा केही कुरा खुलाइएको छैन । यो फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि अभिनय रहनेछ । त्यसो त सलमानले शाहरुखको फिल्म ‘कुछ कुछ होता है’, ‘ओम शान्ति ओम’मा केमियो भूमिका गरेका थिए भने सलमानको फिल्म ‘हर दिल जो प्यार करेगा’ र ‘ट्युबलाइट’मा शाहरुखले आफ्नो केमियो गरेका थिए ।

