कोरोनालाई जितेर घर फर्किए पूर्वप्रधानसेनापति कट्वाल, जारी गरे यस्तो भिडियो सन्देश


काठमाडौं – पूर्वप्रधानसेनापति रुक्माङ्गत कट्वाल कोभिड–१९ संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिँदै कट्वालले एक सन्देशमूलक भिडियो समेत जारी गरेका छन्।

बुधबार घर फर्किएका कट्वालले सन्देशमूलम भिडियोमा भनेका छन्, ‘म फिट एण्ड फाइन भएर अस्पतालबाट घर आइपुगे। सामाजिक सञ्जालमा मलाई शुभकामना दिनुहुने सम्पूर्ण इष्टमित्रहरु, साथीभाईहरु, बन्धुवर्गहरु, नातागोता, कुलकुटुम्ब, मेरा लाखौंलाख दर्शकहरु, अस्पतालका स्टाफहरु र म घर नहुँदा मेरो घरमा सम्पूर्ण सेनिटाइज गरिदिने सबैलाई अभिवादन छ।’

‘विस यू अल द बेस्ट, लभ यू अल’ भन्दै कट्वालले सामान्य कुराहरुमा समेत ख्याल गर्नुपर्ने बताएका छन्। ‘अब हामीले सामान्य कुराहरु मास्क लगाउने, सेनिटाइज गर्ने, हात धुने, फिजिकल डिस्ट्यान्स मेन्टन गर्ने, घुलमुलमा नजाने र डाक्टरहरुले भनेको कुरा ख्याल गर्नुपर्छ,’ उनले भनेका छन्।

यतिमात्र गर्यौं भनोपनि कोरोनाले हामीलाई छुन नसक्ने बताउँदै कट्वालले यदि कोरोनाले छोइहाल्यो भने पनि गाल्न नसक्ने बताए। यसो गरेमा कोरोनालाई हामीले नै जित्ने कट्वालको विश्वास छ।

स्वाशप्रस्वासमा समस्या भएपछि १ वैशाखमा सैनिक अस्पताल छाउनीमा भर्ना भएका थिए कट्वाल। सैनिक अस्पतालमा उनलाई आइसीयूमा राखिएर उपचार गरिएको थियो।

यो पनि पढ्नुहोस्…

१७ दिनदेखि सैनिक अस्पतालको आईसीयूमा उपचाररत छन् पूर्वप्रधानसेनापति कट्वाल

प्रतिक्रिया