उच्च गतिमा कोरोना संक्रमण, एकैदिन ५८ को मृत्यु, ८६५९ जना संक्रमित


काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देखिएको संक्रमित र मृतकको संख्या नेपालमा अहिलेसम्मकै धेरै संख्या हो । यसअघि मंगलबार ५५ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा १९९३ जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया