त्रिवेदी उर्फ ‘रावण’को मृत्यु भएको छैन!


काठमाडौं– बहुचर्चित सिरियल रामायणमा रावणको भूमिका निर्वाह गरेका कलाकार अरविन्द त्रिवेदीको मृत्युको हल्ला गलत भएको बताइएको छ।

उनीसँग अभिनय गरेका सुनिल लेहरीले उक्त हल्ला गलत भएको भन्दै ट्वीट गरेका छन्। उनले लेखेका छन्,‘आजकाल कुनै न कुनै खराब समाचार सुन्नमा आउँछ। कोरोनाका कारणले मृत्यु भएको भनिएको अरविन्द त्रिवेदी उर्फ रावणको मृत्युको खबर झूठो हो।’

उनले यस्ता गलत हल्ला नफिजाउनका लागि पनि आग्रह गरेका छन्।

प्रतिक्रिया