

प्रत्येक दुई मिनेटमा संक्रमित, एक सातामै गयो २ सय २३ को ज्यान

काठमाडाैं – एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा दुई संक्रमित थपिने गरेका छन् ।
पछिल्लो साताको संक्रमण दर विश्लेषण गर्दा प्रत्येक तीन जनाको कोरोना परीक्षण क्रममा एकमा संक्रमण देखिने गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि मंगलबारसम्म ४३ हजार ६ सय ३४ जनामा संक्रमण देखिएको छ ।
१ लाख १० हजार ४ सय ९३ जनाको कोरोना परीक्षण क्रममा युक्त संख्यामा संक्रमण देखिएको हो । राजधानी दैनिक

