स्याङ्जा प्रहरीको उदाहरणीय काम, एकैदिन १ सय ११ अभियुक्त पक्राउ
स्याङ्जा — जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न अपराध गरि फरार रहेका एक सय ११ जना अभियुक्तलाई एकै दिन नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले पक्राउ परेका उनीहरू अदालतको फैसला अनुसार कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रहेका हुन् ।
पक्राउ परेका १ सय ११ जना फरार पक्राउका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका युनिटलार्इ परिचालन गरेको थियो उनीहरू सबै बुधबार स्याङजाका विभिन्न स्थानबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीहरू कर्तव्य ज्यान, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, हाडनाता करणी, हातहतियार खरखजना, लागूऔषध, मानव बेचविखन, सवारी ज्यान, बहु बिवाह, चेक अनादर, कुटपिट, लुटपिट लगायत विभिन्न जघन्य मुद्दामा संलग्न भई लामो समयदेखि फरार रहेका प्रतिवादीहरू रहेको एसपी बोगटीले बताए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले यसअघि समेत एकै दिनमा सबैभन्दा धेरै विभिन्न मुद्दामा फरार ४८ जना अभियुक्तलार्इ नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरीको इतिहासमै यतिधेरै फरार अभियुक्त एउटै जिल्लाबाट पक्राउ परेको यो संभवत पहिलो घटना हो ।
जिल्ला प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले कमाण्ड सम्हालेसंगै उनको नेतृत्व को स्याङ्जा प्रहरीले अबैध तथा गैरकानुन क्रियाकलाप कठोर रूपमा अगाडि बढेको छ । बोगटी नेपाल प्रहरीका अपरेशनमा काविल अफिसरका रूपमा परिचत छन् ।
काठमाडौं प्रहरी परिसर तथा महानगरीय अपराध महाशाखामा रहँदा एसपी बोगटीले बैक ह्याकर , बैङ्किङ कसुर , चोरी डकैती तथा उपत्यकामा हुने गैरकानुनी क्रियाकलाप विरूद्द सफल अपरेशन गरेका थिए ।
बोगटी नेतृत्वको स्याङ्जा प्रहरीले बुधबार नियन्त्रणमा लिएकाअभियुक्त हरूमा हाडनाता भित्र बलत्कार गरि भागेका लगायत १५ बर्षदेखि फरार देखि हत्या अपराध तथा चोरी डकैती मा संलग्न फरार रहेका अभियुक्त छन्।